राकेश यादव

पौष ७ रौतहट___ रौतहट जिल्लाका गौर नगरपालिकाले बढ्दै गएको चिसोको कारण नगरपालिका भित्र संचालन रहेका निजि तथा सामुदायिक बिद्यालयमा बिदा दिएका छन् । बिगत केहि दिन देखि तराइमा अचानक बढेको चिसोको कारण बिद्यालयमा अध्यनरत बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सकिने भन्दै नगरपालिकाले पुस ८ गते मंगलवार देखि शुक्रवार सम्म सार्वजनिक बिदा दिएका हुन् ।

नगर प्रमुख स्तरीय बैठकबाट बर्से बिदाबाट कट्टा हुने गरि पुस ११ गते सम्म सामुदायिक तथा निजि सस्थागत बिद्यालय बन्द गरिएको गौर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुरले जानकारी दिएका छन् । गएको बिहिवार देखि मौसम परिवर्तन हुदा बढेको चिसोले गर्दा रौतहटका जनजीवन प्रभावित भएका छन् । बिहान देखि चलिरहेको पछिमी हावा र बाक्लो हुसुको कारण जनजीवन प्रभावित भएको हो । चिसोको कारण सदरमुकाम गौरमा रहेको सरकारी कार्यालयहरुमा काम गराउन आउने सेवाग्राहीहरुको संख्यामा कमि आएको छ ।

एकाएक चिसो बढे पछि रुघा खोकी ,ज्वरोको प्रकोप समेत बढेको छ । बालबालिकाहरु बृद्ध बृद्धा महिला पुरुषहरुको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको पाइएको छ । बाक्लो हुसुको कारण सवारी साधन चलाउनमा समेत अप्ठ्यारो पर्ने गरेको छ हुसुले गर्दा सवारी दुर्घटना हुन् सकिने जोखिम सेमत बढेको हुदा सावधानी पुर्वक सवारी साधन प्रयोग गर्ने समेत जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।