बहुदरमाई-पर्साको बहुदरमाई नगरपालिका वडा नं ५ भौराटाडमा अाज निशुल्क अाँखा शिबिर सम्पन्न भएको छ। तीन दिने निशुल्क अाँखा शिबिरमा ५५१४ जना अाँखाको बिरामीहरुको चेकजाँच गरेको थियो । सो मध्ये ४६३ जनामा मोतियाबिन्दको बिरामी फेला परेकोले उक्त मोतियाबिन्दाका बिरामीहरुको शल्यक्रिया (अप्रेसन) भौराटाडमा तीन दिन सम्म केम्पिंग गरि शल्यक्रिया गरेका छन।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राबिधिक ,र बहुदरमाई नगरपालिका वार्ड नं ५ भौराटाड,र जनमुखी युवा क्लब भौराटाडको संयुक्त आयोजनामा ३ दिन सम्म चलेको निशुल्क अाँखा शिबिर सम्पन्न भएपछी तिलगंगा अाँखा प्रतिष्ठान काठमाडौका प्राबिधिक टिम हरुलाई आज एक समारोहका बिच विदाई गरेको थियो।
बिदाई कार्यक्रममा विशिष्ठ अतिथि वार्ड ५ भौराटाडका वडाअध्यक्ष सुनिल महतो कोइरी क्लबका अध्यक्ष शिवशंकर साह , तिलगंगा अाँखा प्रतिष्ठान काठमाडौका प्राबिधिक डाक्टर प्रशान्त ,एलिना गौचन,हेमन्त झा,दिपती पौडेलको सहभागिता रहेको थियो। कार्यक्रममा सचिव रामप्रबेश मण्डल स्वागत मन्तव्य रामबाबु साह शसस्त्र प्रहरी बल बागेश्वरी तित्राउनाका प्रमुख तिलगंगाका प्रतिनिधि डाक्टर समाजसेवा लगायतकाे उपस्थिति रहेको थियो।
कार्यक्रम संचालक दुलारचन प्रसाद साह राम्रो काम गरेको लाई प्रशंसा तथा सम्मान पत्र प्रदान गरिएको थियो। । तिलगंगा अाँखा प्रतिष्ठान काठमाडौ ,वडा नं५ भौराटाड,र जनमुखी युवा क्लबको संयुक्त टिमले ६ वटा पालिकाहरुमा स्केनिंग शिबिर चलाएर मोतियाबिन्द बिरामी निकालेको थियो सखुवाप्रसौनी,जगरनाथपुर,धो्बीनी,छिपहरमाई,पकहामैनपुर ,बहुदरमाई समेत मा चेकजाँच गरि तीन दिन सम्म केम्पीग गरि अप्रेसन गरि, अौषधी,चसमा लगायत समाग्रीहरु निशुल्क बितरण गरिएको थियो।