मङ्सिर २७ वीरगंज ___ भोजपुरी भाषामा लेखिएको ‘सेमर के फूल’ नामक मुक्तक संग्रह शनिबार वीरगंजमा सार्वजनिक गरिएको छ। पूर्व प्राज्ञ सभा सदस्य तथा गोरखापत्रका लागि भोजपुरी भाषाका संयोजक दिनेश गुप्ताले लेखेको उक्त भोजपुरी मुक्तम संग्रह शनिबार वीरगंजमा नेपाल भोजपुरी समाजले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार गोपाल अश्कले उक्त मुक्तक संग्रह सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापिका अनिता साह, भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साह, साहित्यकारहरु प्रमोद पाण्डे, छोटेलाल साह, कलाकार अजमत अली,सञ्चारकर्मी राजेन्द्र सिंह लगायतकाको पनि सहभागिता थियो । कार्यक्रममा साहित्यकारहरुले कहिले दिनेश गुप्ताले लेखेको ‘सेमर के फूल’ नामक मुक्तक संग्रह बाट आफ्ना विचार ब्यक्त गरेका थिए भन्ने कहिले स्वागत मन्तव्य संगै आफना निजि विचार व्यक्त गरेका थिए