मङ्सिर २६ एजेन्सी____ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्डबिच टेलिफोन वार्ता भएको छ ।मोदीले ट्रम्पसँग टेलिफोनमार्फत कुराकानी गरेको जानकारी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएका हुन् ।

मोदीका अनुसार, राष्ट्रपति ट्रम्पसँगको वार्ता अत्यन्तै सकारात्मक भएको थियो । प्रधानमन्त्रीले लेखे, ‘हाम्रो द्विपक्षीय सम्बन्धमा हासिल प्रगतिहरूको समीक्षा गर्‍यौँ, साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा पनि विस्तृत छलफल भयो ।’

उनका अनुसार, भारत र अमेरिका दुवै मुलुकले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।