Rajdhani Pati
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश
  • समाज
  • विचार
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • मनोरञ्जन
  • विज्ञान/प्राविधि
  • थप
Privacy Policy
Rajdhani Pati
⏰
📅

Search

News5
    • होमपेज
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • आर्थिक
    • विश्व
    • खेलकुद
    • मनोरञ्जन
    • विज्ञान/प्राविधि
    • थप
      • कृषि
      • शिक्षा
      • स्वास्थ्य
      • अन्तर्वार्ता
      • जीवनशैली
      • फोटो ग्यलरी
      • धर्म/संस्कृति
      • अपराध/सुरक्षा

नगरपालिकाले बेवास्ता गर्दा वडा प्रत्यासी यादवको निजी लगानीमा समाधान भयो पानी समस्या


News Desk

News Desk

December 4, 2025 at 7:38 am

आरके श्रीवास्तव
मङ्सिर १८  राैतहट___  गरुडा नगरपालिका–५ स्थित शिवनगर टोलमा वर्षौंदेखि भइरहेको पानी थुनिने समस्या स्थानीय पहल तथा निजी लगानीमा समाधान गरिएको छ । स्थानीय बासिन्दाले समस्या समाधानका लागि नगरप्रमुख तथा वडा अध्यक्षसमक्ष पटक–पटक माग राख्दा “वडामा बजेट उपलब्ध नभएको” भन्दै बेवास्ता गरिएको स्थानीयवासीले बताए । लगातारको जलजमावका कारण १५ घरधुरी प्रभावित हुँदै आएका थिए । घरभित्रै पानी छिर्ने, बाटो हिलाम्मे हुने तथा सरसफाइजन्य जोखिम बढेपछि स्थानीयले वैकल्पिक उपाय खोज्दै वडा अध्यक्ष पदका प्रत्यासी रमेश यादवलाई जानकारी गराएका थिए ।
स्थानीयको आग्रहपछि यादवले आफनाे निजी लगानीमा टोलमा पाईप जडान गरी उचित पानी निकास व्यवस्था मिलाएका छन् । पानी निकास मार्ग बनेपछि लामो समयदेखि समस्यामा परेका घरधुरीले राहत पाएका छन् । स्थानीयवासीका अनुसार, ” ढलको समस्या समाधान गर्न नगरपालिका र वडा कार्यालयले चासो नदेखाएको अवस्थामा निजी पहलले टोल बस्तीमै ठूलो राहत दिएको छ ।” यो घटनाले स्थानीय तहमा आधारभूत सेवाप्रति सरकारी ध्यान नपुगेका समस्या निजी लगानी वा सामुदायिक पहलमा भर पर्नुपर्ने अवस्था देखाएको छ ।

प्रतिक्रिया !

सम्बन्धित खबर

चाडपर्वको खुसी मातममा परिणतः पटाकाले लियो पाँच वर्षीय बालकको ज्यान

लक्ष्मी पूजाकै दिन पोखरिया नगरपालिकाका कर्मचारीले पाए रोकिएको तलब, कर्मचारीमा खुसी

धोबीनी गाउँपालिकामा IEMIS सम्बन्धी पाँचदिने तालिम सम्पन्न।

जगरनाथपुरमा कक्षा ११ का विद्यार्थीलाई गाउँपालिका अध्यक्ष यादवद्वारा कोर्ट–पाइन्ट वितरण

धोबीनी–२ मा कांग्रेसको नयाँ इतिहास रच्ने लक्ष्य, सुनील पटेलको उम्मेदवारीले बढायो चुनावी उत्साह

दीपावली र छठको अवसरमा रास्वपा पर्सा–४ को छिपहरमाईमा शुभकामना कार्यक्रम सम्पन्न

दलित सशक्तीकरण ऐन निर्माणका लागि सखुवाप्रसौनी गाउँपालिकामा मस्यौदा हस्तान्तरण

जगरनाथपुर गापाले पायो आफ्नै आधुनिक प्रशासनिक भवन, पूर्वमन्त्री रमेश रिजालद्वारा उद्घाटन

कालिकामाईमा भिटामिन ‘ए’, जुकाको औषधि तथा बालभिटा वितरण अभियान सुरु

ताजा समाचार

चाडपर्वको खुसी मातममा परिणतः पटाकाले लियो पाँच वर्षीय बालकको ज्यान

5 hours ago

लक्ष्मी पूजाकै दिन पोखरिया नगरपालिकाका कर्मचारीले पाए रोकिएको तलब, कर्मचारीमा खुसी

21 hours ago

धोबीनी गाउँपालिकामा IEMIS सम्बन्धी पाँचदिने तालिम सम्पन्न।

1 day ago

जगरनाथपुरमा कक्षा ११ का विद्यार्थीलाई गाउँपालिका अध्यक्ष यादवद्वारा कोर्ट–पाइन्ट वितरण

3 days ago

धोबीनी–२ मा कांग्रेसको नयाँ इतिहास रच्ने लक्ष्य, सुनील पटेलको उम्मेदवारीले बढायो चुनावी उत्साह

4 days ago


हाम्रो बारेमा

राजधानी पाटी मिडियाद्वारा संचालित
अनलाइन: www.rajdhani.com
सम्पर्क ठेगाना: बीरगंज-२४, पर्सा
सम्पर्क फोन नं.: 986-5130309
इमेल: [email protected]


हाम्रो टीम

संचालक/सम्पादक
राजन कुमार बानिया
सम्पर्क नं.: 9811874040

प्रधान-सम्पादक
लालबाबु प्रसाद बानिया
सम्पर्क नं.: 9845041528


Share Icon सामाजिक सञ्जाल
Facebook Facebook Twitter Twitter YouTube YouTube Instagram Instagram WhatsApp WhatsApp


Rajdhani Pati ©2026, All rights reserved.

Design By: PROTECH NEPAL