राजन कुमार बानिया । पर्साको धोबीनी गाउँपालिका वडा नं २ आसवारीमा अायोजना गरिएको मेयर कप भलिबल टुर्नामेन्टको उद्घाटन प्रमुख अतिथि रहनु भएका पूर्व उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री सिंगासन साह कलवारले गरेका छन।

धोबीनी गाउँपालिका र बजरंग युवा क्लब आसवारीको संयुक्त आयोजनामा सुरु भएको भोलीबल टुर्नामेन्टको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, सशस्त्र प्रहरी नायब उपरिक्षक बिष्णु उप्रेती, वडा अध्यक्ष देबेन्द्र प्रसाद कुर्मी, अबास मियाँ, मनाउर अहमद, शिक्षा प्रमुख जितेन्द्र चौहान, जिन्शी प्रमुख प्रदिप पटेल, अमन पटेल, ईन्जिनियर मुना पटेल, शिक्षक गोबिन्द पटेल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका संचालन सोनालाल कुशवाहाले गरेका थिए।

उद्घाटन कार्यक्रममा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताउँदै यस्ता गतिविधिले स्थानीय तहमा खेल क्षेत्रको विकासमा टेवा पुर्‍याउने बताएका छन्। अाजको खेल अासवारी र देउरबानम बिच भएको खेलमा लगातार तीन गोल मारेर अासवारीले जित हासिल गरेका छन। टुर्नामेन्टमा १० वटा भोलीबल क्लबका टिमहरूले प्रतिस्पर्धा गर्ने र विजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।