पर्सा २८ असोज । शुभ दिपावलीको अवसरमा पर्साको जगरनाथपुर गाउँ पालिकाले अध्यक्ष स्तरीय टि २० क्रीकेट प्रतियोगित आयोजना गरेको छ। मेघराज उपाध्याय क्रिकेट खेलमैदान मदुवहामा भइ रहेको क्रीकेट प्रतियोगिता प्रमुख अतिथि बिरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलम र गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले संयुक्त रुपमा फिता काटेर उद्घाटन गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भनु भयो खेल प्रतीको उत्साह हेरे र गाउँका जनता हरुलाई धन्यवाद दिन चाहनछु मेरो पनि क्रीकेट खेलमा बालयकाल देखि रुचि रहेको र म बवलरको रुपमा यो खेल खेलिरहेको थिए।यो खेलले शारीरिक तथा मान्सिक रुपले हामिलाई मजबुत बनाउछ यो खेल धेरै नै लोकप्रिय खेल हो टि 20 विश्व छनवट खेलमा नेपालले आफ्नो ठाउ सुरक्षीत परिसके को छ ।
मेरो चाहन यो छ कि आउने दिनमा तपाईं हरुको माझ बाट नेपालको लागि खेलन देखन चाहनछु र मलाई बिश्वास छ तपाईं हरु नेपाल टिम बाट खेलन सक्षम हुनु हुन्छ र यो प्रतियोगिता को जित को लागि सबै टिम लाई अग्रिम शुभकामना दिनचाहन्छु भनु भयो। प्रतियोगिताको उद्घाटन उप प्रमुख आलमले फिता काटी बैटिङ्ग गरे र शुभ आरम्भ भनु भएको थियो।
कार्यक्रम जगरनाथपुर गाउपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्ष्ातामा भएको थियो। कार्यक्रममा उपाध्यक्ष बबिता सिंह,प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव , नेपाली कांग्रेस पर्साका सह सचीव नवीन सिंह, वडा अध्यक्ष बिहारी महतो नुनिया,वडाअध्यक्ष अयोध्या पटेल,नेता संतोष चौरसिया,लगायत खेल प्रेमी तथा स्थानीयहरुको सहभागीता रहेको थियो। खेल गाउँपालिका भरि का खेलाडी हरु सहभागी हुने र अाजको खेल वडानं २ र ६ बिच भएको खेलमा वडा नं ६ले जित हासिल गरेका छन।