छिपहरमाई – पर्सा र बारा जिल्लामा फैलिएको हैजा रोगको माहामारीको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हैजा रोगको माहामारी बिरुद्ध प्रतिकार्य खोप अभियान सन्चालन गर्न लिएको रणनिति अनुसार पर्साको छिपहरमाई गाँउपालिकामा २८ गते मंगलबार देखि खोप अभियान सन्चालन गर्न पुर्ब तयारी अनुरुप प्रत्येक सरोकारवालाको अभिमुखिकरण कार्यक्रम वडा र पालिकामा खोप समन्वय समिति, महिला स्वास्थ्य स्वय सेविका तथा स्वय सेवक हरुको अभिमुखिकरण तथा खोप कार्यकर्ताहरु लाई खोप सम्बन्धि जानकारी गराएको छ।

अभिमुखिकरण कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शनि कुमार साहले भने मंगलबार देखि संचालन भईरहेको हैजा रोग बिरुधको खोप अभियानलाई अा अाफ्ना ठाउँ बाट सफल बनाई दिन सम्पुर्ण सरोकारवाला हरुलाई अाग्रह समेत गरेका छन।

१ वर्ष माथिका एक जना मानिस नछुटोस भन्दै अाफ्ना गाउँ घरमा सलाह सुझाव दिएर हैजा रोग बिरुद्ध खोप अभियानमा सहभागी गराई खोप लिनु पर्नेमा जोड दिनु भएको थियो।नेपाल सरकार जनसंख्या मान्त्रालयले हैजा रोग बिरुद्धको खोप कार्यक्रम संचालन गरेकोले सबै जना खोप लिन लाई अाग्रह गरेका छन। कार्यक्रममा जनप्रतिनिधि ,बिधालयका प्रअ,स्वास्थ्यकर्मी,लगायतको सहभागिता रहेको थियोे ।