पर्सा २३ असोज । विश्व दृष्टि दिवसको अवसरमा केडिया अाँखा अस्पताल परवानिपुरले निशुल्क अाँखा शिबिरको अायोजना गरेको छ। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा रहेको अाफ्नो केडिया अाँखा उपचार केन्द्र भिस्वामा सम्पन्न गरेको छ।
निशुल्क अाँखा शिबिरमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,जनप्रतिनिधि ,र स्थानियहरुले शिबिर बाट लाभ लिएका छन। शिबिरमा केडिया अाँखा अस्पतालको डाक्टर संतोष कुमार साह ,बरुण तिवारीले निशुल्क अाँखा शिबिरमा ४६ जनाको अाँख चेकजाँच गरि निशुल्क चसमा र अौषधी बितरण गर्नु भएको थियो।
निशुल्क अाँखा शिबिरमा डाक्टर संतोष साहले चेकजाँचको क्रममा जटिल समस्या भएका रोगी हरुलाई केडिया अाँखा अस्पताल परवानिपुरमा गई उपचार गराउदा विशेष छुट दिने डाक्टर साहले जनाएका छन।