सखुवा प्रसौनी । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा मलखादको विवाद लिएर गाउँपालिका उपाध्यक्ष सहित राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय किसानहरु नाराबाजी गर्दै पलेकार्ड सहित कृषि सामग्री कम्पनी लि. कार्यलय पर्सा, बिरगंजका प्रमुख दुर्गा पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन।
वडा नं.२ मा मलखादको बिक्रि वितरणको जिम्मा विगतमा श्री कोडेक कृषि सहकारी संस्था लि. लाई दिइएकोमा सो संस्थाले अनुदानित रासायनिक मलखाद बिक्रि वितरणमा अनियमितता गरेको, मृत्यु भएको व्यक्तिको नाउमा बिक्रि वितरण भरपाई गरेको, आफनो आसे पासेलाई बढी मलखाद दिएको, अनुगमन गर्ने निकायलाई धाक धम्कि दिएको जस्ता जन गुनासो र लिखित उजुरी प्राप्त भई अनुसन्धानको क्रममा रहेको गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट बताइन्|
तत्काल श्री कोडेक कृषि सहकारी संस्था लि. लाई मलखाद बिक्रि वितरणमा रोक लगाई किसानको मलखाद सम्बन्धि आवस्यकताको मध्यनजर गर्दै संघीय सरकारले जारि गरेको “अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७” बमोजिम दिएको अधिकार अनुसार गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा रहेको समितिको अधिकारिक निर्णय र परिपत्र अनुसार श्री बेलमाई कृषि सहकारी संस्था लि. मार्फत कानुन अनुसार बिक्रि बितरणको जिम्मा दिइएकोमा संस्थाले कृषि सामग्री कम्पनि लि. मा मलखाद खरिद प्रक्रिया पुरा गरि रकम समेत दाखिला गरि सकेको अवस्थामा मलखाद किन निकासा हुन् सकेन भनि किसानहरु आश्चर्य चकित छन नेकपा माओवादी केन्द्रका स्थानीय नेता प्रदिप चौधरीले बताए|
हाम्रा किसानहरुलाई असुविधा, आघात पुगेकोले मध्य नजर गर्दै संघीय सरकारले जारि गरेको “अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७” बमोजिम दिएको अधिकार अनुसार गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा रहेको समितिको अधिकारिक निर्णय र परिपत्र अनुसार श्री बेलमाई कृषि सहकारी संस्था लि. मार्फत कानुन अनुसार बिक्रि बितरण र रोका गरिएको मलखाद निकासाका लागि तथा किसानको समस्या समाधानका लागि जोडदार माग गर्दछौं ढिला सुस्ती भए थप आन्दोलन गर्ने नेकपा एमालेका स्थानी नेता इनरदेव महतोले बताए
बिरोध कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद प्रत्यासी शिवकुमार साह तेली, पुर्व गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल, राप्रपाका देवनारायण चौधरी, नेपाली काङ्ग्रेसका शैलेन्द्र यादव, माओवादीका हरिलाल राम, बिध्यासागर यादव, रामबाबु साह तेली, सिकेन्द्र सहनी, मिठु मार्किन, कपिलदेव चौधरी, हरि साह कानु लगायतको सहभागिता रहेको थियो।