बिकास पटेल- ( पर्सा )- पर्साको कालिकामाई गापामा कालिकामाई युवा समाजले जिल्ला प्रशाशन कार्यालय,शिक्षा विकाश तथा समन्वय इकाई पर्सा,जिल्ला समन्वय समिति पर्सामा ज्ञापन पत्र बुझाईयो।

२०८२/०५/०८ गते युवा समाजको टोलीले पालिका अन्तर्गतको ४ वटा माध्यमिक तहको सामुदायीक विद्यालयहरूमा स्थलगत अनुगमन गरी शिक्षक तथा विद्यार्थीहरूको समस्या संकलन गरी छलफलको लागि गाउँ कार्यपालिकाको कार्यालयमा पुग्दा सूचना शाखा र दर्ता चलानी बाहेक सबै शाखा बन्द रहेको र केही शाखाहरू खुलेपनि कर्मचारी नभेटे पछि युवाहरु गाउँपालिकाको तलब भत्ता बुझ्ने तर कार्यालय नआउने प्रमुख प्रशासकिय अधिकृत सँगै अन्य कर्मचारीहरुलाई समेत कानुनको दायरामा ल्याउने र शैक्षिक क्षेत्रमा देखिएका विविध समस्याहरू समाधान गर्न पालिका अध्यक्ष र उपाध्यक्षलाई ज्ञापन पत्र बुझाउन खोज्दा कोही पनि सम्पर्कमा नआएपछि युवा समाजले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका हुन।

पालिका अन्तर्गतको श्री जनता मा.बि. मुड्ली,श्री सुकई साह मा.बि. भेडिहारी,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टिबलुवा र श्री दिव्य कन्या मा.बि विरञ्चीवर्वामा स्थलगत अनुगमन गर्दा सबै विद्यालयहरूमा बेन्च,डेस्कको अभाव,खानेपानीको सास्या,सरसफाई कर्मीको अभाव,विषयगत शिक्षकको आपूर्ति,निजी स्रोतको शिक्षकहरु वर्षौं देखि तलब नपाएको,कक्षाकोठा र सिक्षकको अभावमा कक्षाकोठामा मापदण्डभन्दा अत्यधिक विद्यार्थी बस्नुपरेको ,लामो समय सम्म विद्युत बिल नतिरेको कारण विद्युत प्राधिकरणले अन्तिम सुचना समेत पठाइसकेको लगायतका अनेकौं समस्याहरू भेटिएको थियो।

ज्ञापन पत्र बुझाउने क्रमाम नेपाल सरकार बाट अनुदानमा प्राप्त मल गैरकानुनी रूपमा विक्रीवितरण हुँदै आएको कारण कृषकहरूले मर्कामा परेको तर स्थानीय निकायले मौन बसेको कुरा प्रति अपती जनाउँदै त्यस्ता गतिविधिहरु यथासिघ्र रोक्न प्रमुख जिल्ला अधिकारी ज्यू,जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीया का इन्स्पेक्टर ज्युलाई समेत ध्यानाकर्षण गराएको संस्थाको उपाध्यक्ष भरत साहले जानकारी दिनुभयो।

युवा समाजको अध्यक्ष आकाश चौरसियाले गाउँ कार्यपालिकामा महिनौ देखि प्रमुख प्रशासकिय अधिकृत अमित गरीले कार्यालय नआएको र अन्य शाखाका कर्मचारीहरु पनि समयमा कार्यालय नआएको कारण सर्वसाधारणले भोग्नुपरेको कठिनाई लाई मध्यनजर गर्दै पालिका को गतिविधिमा सुधार गर्न र विद्यार्थी तथा शिक्षकको समस्याहरू समाधान गर्न पालिका अध्यक्ष र उपाध्यक्ष गैरजिम्मेवार देखिएपछि आफूहरु जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति र जिल्ला शिक्षा विकाश तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाउनू परेको बताएका छन।

ज्ञापन पत्र बुझाउन कार्यक्रममा कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसिया,वरिष्ठ उपाध्यक्ष आकाश महतो,उपाध्यक्ष भरत साह,संस्थापक सदस्य मोहन महतो कोइरी, दिपेन्द्र गुप्ता, तिन्डोभिया युव क्लबका अध्यक्ष कृष्ण पटेल लगायतका युवाहरुको उपस्थिति रहेको थियो।