पर्सा । उपकार सेवा नेपालले बिरगंज वार्ड न. १५ नहर रोड बुद्धनगर टोलमा २ महिना देखी खानेपानीको स्रोत सुकेर पानीको अभाव खेपिरहेकको बेला टोलबासीको असहजतालाई महसुस गरि खानेपानी जडानको लागि ४०० मिटर २ईन्चको कालो पाईप सहयोग गरि खानेपानी व्यवस्थापन गर्न सहयोग पुर्याएको छ।

उपकार सेवा नेपाल वीरगञ्जकी अध्यक्ष विद्या कुमारी सरावगीले टोलबासीहरुलाई पाईप हस्तान्तरण गर्नुभएको थियो। सो कार्यक्रममा संस्थाको सदस्य सुमन बगेडिया ,समाजसेबी प्रकाश थारु, स्थानिय रुपलाल साह ,अनवारुल हक,प्रमोद चैधरी ,मुकेश कुश्वाहा लगायत भद्रभलादमी हरुको उपस्थिति रहेको थियो।

उपकार सेवा नेपालले समाजमा आपत बिपत्तिको बखत सधै आवश्यकता अनुसारको सहयोग निरन्तर गर्दै आईरहेको छ!