पर्सा । धोबिनी गाउँपालिकाकामा ज्ञापन पत्र बुझाउन जादा कार्यालय सहयोगी बाहेक कोई कर्मचारी थिएन।
उक्त ज्ञापन पत्रमा गाउँपालिकामा समयमा गाउँ सभा नहुँदा हुन सक्ने,बिगतको दिनमा बिकास निर्माण, हाल सम्म योजना तजुर्मा किन भएन, मान्छे हेरि विभिन्न किसिमका समाग्री वितरण, शिक्षक नियुक्ति लगायतको कुरामा अनियमितता भएको कुरा जानकारी भएपछी धोबिनी गाउँपालिका- ४ लंगडीका जानता सुचना माग गर्न पुगेका नेकपा एमालेका युवा नेता सुनिल गुप्ताले जानकारी गराएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार, समयमै गाउँ साभा नहुँदा विकासका कामहरू अवरुद्ध हुने, बजेट कटौती हुने, समानिकरण अनुदान प्राप्त नहुने र खाता सञ्चालनमा समस्या उत्पन्न हुने खतरा औलाइएको छ । ज्ञापन पत्रमा समाजिक सुरक्षा, आर्थिक सहयोग जस्ता महत्त्वपूर्ण कार्यहरू रोकिएको बारेमा अवगत गराउन जादा गाउँपालिका कार्यालयमा सहयोगी बाहेक कोई थिएन ।

गुप्ताका अनुसार बिहान १० बजे देखि १ बजे सम्म जनप्रतिनिधि तथा कर्मचारीको पर्खाईमा बस्दा पनि कसैको उपस्थिति देखिएन, प्रमुख प्रशासकिय अधिकृतलाई फोन गर्दा आईतबारको दिन आउने र गाउँपालिका अध्यक्ष संघ समपर्क गर्दा आईबार पछि आउने र कुरा गर्ने बताए र उप मेयरको फोन लागेन अनि शिक्षा शाखा प्रमुख संघ कुरा गर्दा आईतवार आउने बताए र त्यस पछी गाउँपालिका पुगेको टोलि तयाहा बाट आए अनि आइतबार फेरि गाउँपालिकामा यदि जनप्रतिनिधि र कर्मचारी आएन भने आन्दोलन गर्ने चेतावनी समेत दिएर गयो ।