पर्सा । पोखरिया नगगरपालिकाको नवौं नगरसभाको दोस्रो बैठकको बन्दसत्रबाट अाज सम्पन्न भएको छ। नगरसभाको बन्द सत्र पोखरिया नगरपालिकाको सभा हलमा भएको नगरसभाको बन्दसत्रबाट नगरपालिकाकी उपमेयर रुबी ठाकुरले आगामी आर्थिक वर्षका लागि ४४ करोड ४० लाख २७ हजार ४४८ सय ५८ रुपैयाँ बजेट प्रस्तुतिकरण गरे पछी प्रतेक वडा लगायत बिनयोजित बजेत सर्बसहमत बजेट पारित गरिएको छ।

पोखरिया नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले बताए ।

पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा आयोजित नगर सभामा उपमेयर रुबी ठाकुर , प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह वडाध्यक्ष प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, लक्ष्मण साह कानु, शियानन्द चौहान, प्रमान्नद पटेल, नौसाद आलम, सोनालाल साह, किशोरी साह, कार्यपालिका सदस्यहरु, वडासदस्य ,कर्मचारी पत्रकार,सुरक्षाकर्मी लगायत हरु कोपनि सहभागिता रहेको थियो ।