पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको २१ अौ गाउँ सभा सम्पन्न भएको छ। छिपहरमाई गाउँपालिकाको गाउँ सभा भिस्वामा रहेको गाउँपालिका सभाहलमा भएको कार्यक्रमलाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पानसमा दिप बालेर उद्घाटन गर्नु भएको थियो।

गाउँपालिकाले गाउँ सभा बाट अार्थिक वर्ष २०८२ /०८३को बजेट ४१ करोड ४९ लाख ४० हजार बराबरको अनुमानित बजेट गाउँ सभा बाट निति तथा कार्यक्रम प्रस्तुतिकरण गर्नु भएको थियो। गाउँ सभामा गाउँपालिकाको पाचै वडाको योजना पारित गरि प्रस्तुत गर्नु भएको थियोे ।

अतर्थिक वर्षको बजेटमा गाउँपालिकाले ।छिपहरमाई अध्यक्ष गुप्ताले पहिलो प्राथमिकतामा नेत्रदान पालिका अनुदान अन्तर्गत पालिकाका गरिब असहाय ,दलित ,हरुलाई निशुल्क अाँखाको अप्रेसन तथा उपचार गराउने वर्ष भरी बजेटमा राखिएको छ। महिलाहरुले बिरामी हुदा अार्थिक सहयोग गरिने बताए । गाउँपालिकाका एमबिबिएसमा नाउँ निकालने बिधार्थी हरुलाई अनुदान स्वरुप एक लाख देखि दुई लाख सम्म सहयोग गर्ने गाउँपालिका अध्यक्ष गुप्ताले घोषणा गर्नु भएको छ।

गाउँपालिका अध्यक्ष गुप्ताले संबोधन गर्दै भने पहिला दिनमा छिपहरमाई गाउँपालिका एउटा हुमलाजुमलाको जस्तो हेर्न पाईनथियो तर अहिले छिपहरमाई सक्ष्म सुक्षम गाउँपालिका प्रतेक मामलामा सम्पन्न गाउँपालिका रहेकोमा जनप्रतिनिधि हरुको देन रहेको दाबी गर्नु भएको थियो।साथै शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , युवा रोजगार, भौतिक पुर्वधार , पर्यटन पर्वधन , उज्यालो छिपहरमाई लगायतमा जोडदिएको गाउँपालिका अध्यक्ष गुप्ताले जनाएका छ।

अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकामा भौतिक बिकास निर्माणको साथै नयाँ योजनाहरु ल्याएको छ। बिकासमा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरु को सहयोगका कारण बिकास गतिलिएकोमा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबै को सहयोग र सहकार्य हुदैन भने बिकासको काममा कमी अाउने बताए ।

छिपहरमाई गाउँपालिकाको बिकास कार्यमा साझा फुलवारीको रुपमा रहेको पालिका सदस्यहरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे । अहिले छिपहरमाई गाउँपालिका पाचै वडा हरु मा बर्सेनि सेन्टर रहेको बताए । पहिला यश गाउँपालिकामा बर्थिंग सेन्टर नहुदा भारतिय अस्पताल र बिरगंज को अस्पताल मा बच्चा जनमाउन जानू परिरहेको थियो कति पै महिला हरु ले समयमा स्वास्थ्य संस्था जान नसकेको कारण महिला हरुलाई अकाल मृत्युु समेत हुने गरेकोले अाफ्फु गाउँपालिका अध्यक्ष भएपछी सो मध्यनजर गरि प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालनमा ल्याएको हो। गाउँपालिकामा बिधालयहरुमा १२ कक्षा सम्म निशुल्क संचालनमा रहेको छ। पल्स टु का छात्र,छात्रा हरु लाई ड्रेस उपलब्ध गराउने ।

गाउँपालिकामा दस बेडको अस्पताल निर्माण कार्य गरि स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर राखेने ।
। २१ अौ गाउँ सभा नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा समपन्न भएको थियोे। गाउँ सभा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत कादिर बाबू देवान, ,वडाअध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायत ले गाउँ सभामा शुभकामना मन्त्ब्य ब्यक्त गरेका छन। गाउँ सभा मा कार्यपालिका सदस्य , गाउँपालिकाका , समपुर्ण महिला ,पुरुष सदस्य ,
गाउँ सभामा स्वास्थ्य संयोजक शम्भु प्रसाद साह, ,रोजगार शाखा प्रमुख मुकेश चौरसिया, ईन्जिनियर प्रकास कुमार गुप्ता, अाईटी अौफिसर संजिव यादव, कृषी का भुलन प्रसाद, पत्रकार, ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत को सहभागीता रहेको थियो । कार्यक्रम संचालन प्रशासन प्रमुख सत्रुधन यादवले गर्नु भएको थियो।