पर्सा । पर्साको धोबिनी गाँउपालिका वडा नम्बर-४ लंगडीमा रहेको श्री काली प्रसाद लाखे माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का ४५ जना छात्र,छात्राहरुलाई एक कार्यक्रमको बीच प्रमुख अतिथि रहनु भएका वडा अध्यक्ष आवास मियाले बिधालय पोसाक स्वरुप कोट, पाईन्ट, सर्ट, जुता,टाई बाट छात्र,छात्राहरुलाई सम्मान स्वरुप बितरण गर्नु भएको थियो।

छात्र,छात्राहरुलाई सम्मान स्वरुप पोसाक बितरण गर्दै वडाअध्यक्ष मियाले भने अब तपाई हरुको बिधार्थी कार्यकाल स्थानियतहमा फर्केर अाउदैन अब तपाई हरुको दुखम्य शुखम्य जिवनको रुपमा हुन्छ। कति जनाले उच्च शिक्षा लिन जान्छ र कति जनाले अाफ्नो पोषण तर्फ लागछ। त्यसैले कक्षा ११ का ४५ जना छात्र,छात्राहरुलाई धोबिनी गाउँपालिका बाट सम्मान स्वरुप पोसाक बितरण गरिएको बताए। पोसाक वितरण कार्यक्रममा वडाअध्यक्ष आवास मिया, बिधालयका प्र.अ हरिओम पटेल, शिक्षक अजय पटेल,नेयाज आलम,लगाएतको शिक्षकहरुको सहभागीता रहेको थियो ।