पर्सा । वर्षा संगे परेको चट्याङ बाट शुक्रबार एक घरमा अागलगी हुदा करिब पाँच लाख बराबरको छति भएको छ। अागलगी हुनेमा पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं ५ जगरनाथपुर गाउँ निवासी अशेषर दास तात्वाको फुसको घर सहित समाग्रीहरु जलेर नस्ट भएको प्रहरीले जनाएका छन।

शुक्रबार बेलुकी वर्षा संगै परेको चट्याङ फुसको घरमा आगलागी हुदा घर परिवारका सदस्य हरु अाफ्नो जान जोगाउन सफल रहेको र कुनै मानबिय क्षति नभएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रमुखले जनाएका छन। चट्याङ खसेर अागलगी हुदा घरमा रहेको अनाज, लत्ताकपडा, गरगहना, भाडाकुडा , टिभी, मोबाइल, सिलाइ मेसिन, पंखा ग्यास सिलिन्डर लगायत सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाए का छन।अागो लाई ईप्रका लंगडी,सशस्त्र प्रहरी बल बिअोपी भिस्वा बंजारीका सशस्त्र प्रहरी निरिक्षक नारायण कार्कीको टोली र स्थानीय हरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।