राजन कुमार बानिया । पर्साको कालिकामाई गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत सोमबार सम्पन्न भएको छ । नीति तथा कार्यक्रम उपाध्यक्ष राजमती देवी बरैनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत बारे प्रस्तुतिकरण गर्नु भएको थियो।

नीति तथा कार्यक्रम गाउँपालिका कार्यालय हरिहरपुर बिर्ताको सभा हलमा सम्पन्न भएको थियो। गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा नीति तथा कार्यक्रममा , शिक्षा, स्वास्थ्य ,कृषि ,सिचाई, पर्यटन,यज्यालो र भौतिक पूर्वाधारको , पालिकाको प्रतेक वडाका सडक लाई रिङ्गरोड बनाउन प्रमुख योजना रहेको अध्यक्ष गुप्ताले बताए ।

भौतिक पुर्वधार तथा संरचना बिकासमा दिगो नतिजामुलक बिकासको लागि अावश्यक गुरुयोजना (मास्टर पलान )त्यार गरि अगामी वर्ष अावधिक गाउँ बिकास योजना ,भु उपयोग योजना एव प्रकोप ब्यवस्थापन योजना निर्माण गरि कार्यान्यवनमा जोड दिनु भएको छ। कालिकामाई गाउँपालिका बनाउन मुख्य प्राथमिकतामा राखेको बताए ।

सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गुप्ताले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिने बताए र कालिकामाई गाउँपालिकाको बिकासमा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरुको सहयोगका कारण बिकास गतिलिएकोमा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। कालिकामाई गाउँपालिकाको बिकास कार्यमा सबै पार्टी पन्थी हरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।

अार्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उपाध्यक्ष राजमती देबी बरैन , प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी, वडाअध्यक्ष लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ, जयनारायण कुर्मी, कार्यपालिका सदस्य हरिअोम साह,समाजसेबी कार्यपालिका सदस्य ,गाउँपालिका महिला ,पुरुष सदस्य कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन बिक्रम राउत बरैयले संचालन गर्नु भएको थियोे।