बिकास पटेल । पर्साको कालिकामाई गाउँपालिका वडा नं २ स्थित कालिकामाई युवा समाजले आज संस्थाको स्थाई कार्यालयको उदघाटन गरेकोछ!कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा भएको कार्यालय उदघाटन कार्यक्रमको प्रमुख अतिथि कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष श्रीमती राजमति देवी बरैनी ज्यूले फित्ता काटेर कार्यालयको उदघाटन गर्नुभएको थियो!

कार्यक्रमका विशिष्ट अतिथि वडा नं २ भेडिहारीको वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया,वडा नं १ को वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया,अतिथिहरु छठु साह, डा. दिलिप कुशवाहा,योगेन्द्र चौरसिया,सुनिल चौरसियाले मन्तब्य ब्यक्त गर्दै आफूहरु सधैं कालिकामाई युवा समाजलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो!

कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियाले संस्था निर्माणको लागि कुनै पनि बाहिरको बजेट नआएको र आफूहरु घरधनिसंग सम्झौता गरी संस्थाको कार्यालय सञ्चालन गर्न लागेको कुरा स्पष्ट पार्दै संस्थालाई विभिन्न सामाग्रीहरु सहयोग गर्नुभएका अतिथिहरुलाई खादा ओढाएर सम्मान-पत्र सहित सम्मानित गर्नुभएको थियो!

शिक्षक लक्षमण ठाकुरले सञ्चालन गर्नुभएको कार्यक्रममा कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष श्रीमती राजमति देवी बरैनी,वडा नं १ को वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया, वडा नं २ को वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया,कालिका टाइम्स को निर्देशक छठु साह,समाज सेवी दिलिप कुशवाहा, स्वास्थ्य संयोजक योगेन्द्र चौरसिया
शिक्षक जयप्रकाश चौरसिया, लगायत स्थानीयबासीहरु,सञ्चारकर्मी,सुरक्षार्मी र युवाहरुको उपस्थिति रहेको युवा समाजको कोषाध्यक्ष बुलेट तिवारीले जानकारी दिनुभयो