लालबाबु बानिया । पर्साको कालिकामाई गाउँपालिकाको भेडिहारी स्वास्थ्य चौकीमा कार्यरत रहि सेवा दि रहेका अाज बाट अनिवार्य सेवा निर्बित अवकास पाप्त स्वास्थ्यकर्मी यमुना प्रसाद चौरसिया लाई अाज एक कार्यक्रमका बिच ससम्मान साथ बिदाई गरेका छन।

गाउँपालिका स्वास्थ्य शाखाले अायोजना गरेको बिदाई तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले फुलमाला दोसाला र बैग नगद बाट सम्मान तथा बिदाई गरेका छन। अध्यक्ष गुप्ताले भने ३० वर्ष देखि सेवामा रहेर ईमानदारी पुर्वक काम गर्नु भएको बधाई समेत दिनु भएको थियो।

जागिरको सिमित अवधी हुन्छ, यो प्रकृया हो जागिरमा अाएपछी अवकास अनिवार्य छ। जो अाएको छ त्यसको एक दिन जानै पर्छ यो खुशिको छन पनी होइन र दुखिको कुरा पनी होईन । सेवा निर्बित अवकास पाप्त जिवन बाट बाकिरहेको जिवन शुखमय बितोस अध्यक्ष गुप्ताले कामना गर्नु भएका छन।
स्वास्थ्यकर्मी संचयकोष बाट ६२ हजार बराबरको चेक हस्तान्तरण अध्यक्ष गुप्ताले गर्नु भएको थियो।

सेवानिर्बित स्वास्थ्यकर्मी यमुना चौरसियाले भाउक भएर भने म गरिब परिवारको छोरा हु मेरो ३० वर्षको जागिर कार्यकालमा ईमानदारीता पुर्वक जनता हरुलाई सेवा गरेको छु। मेरो जागिर कालमा एउटा पनी दाग लागेको छैन। ग्रामिण स्वास्थ्य कार्यकर्ताको रुपमा सुरु गरेको जागिर अाज सिअहेब पद बाट अवकास लिएको छु। जागिर अवधीमा छोरा लाई डाक्टर पढाएर डाक्टर बनाए मेरो लागी धेरैनै खुशिको कुरोहो।ईमानदारीको फल मिठो हुन्छ। अरु स्वास्थ्यकर्मी हरुलाई ईमानदारी पुर्वक लागेर काम काज गर्नु सुझाव समेत दिनु भएको थियो।

बिदाई कार्यक्रममा उपाध्यक्ष राजमती देबी बरैन,वडाअध्यक्ष सोनालाल चौरसिया,स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया,सहसंयोजक धिरज साह, स्वास्थ्य चौकी प्रमुख,स्वास्थ्यकर्मी ,स्वमसेबिका ,पालिका सदस्य लगायतले फुलमाला अबिर लगाएर बिदाई तथा सम्मान गरेका थिए।