लालबाबु बानिया । पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ मा नवनिर्मित वडा कार्यालय भवन को उद्घाटन एक कार्यक्रमका बिच पुर्ब उद्योग मन्त्री एव नेपाली काँग्रेस का केन्द्रीय सदस्य रमेश रिजालले गर्नु भएको थियो। जगरनाथपुर गाउँपालिका को वडा नं ५ मसिहानीमा नवनिर्मित वडा कार्यालय भवनको प्रमुख अतिथि रहनु भएका पुर्ब मन्त्री रिजालले रिबन काटेर उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले विकास निर्माणका काममा सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो । बिकास निर्माण कार्यमा सबै को सहयोग जरुरी रहेको बताए ।आफ्नो ठाँउको विकास भएमात्रै जनताले लोकतन्त्र र संघीयताको अनुभूती गर्न सक्ने उनले बताए । कार्यक्रम मा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले भन्ने पहिला वडा कार्यालय अरु को भवन मा चलिरहेको थियो ।

अब आफनै वडा कार्यालय भवन संचालन मा आएपछि सेवा प्रवाहमा कर्मचारीलाई सहज हुने र त्यसबाट सेवाग्राही हरुपनि लाभान्वित भए खुशि हुने बताए । अध्यक्ष यादव ले भने जगरनाथपुर गाउँपालिका को बिकास मा सबै भन्दा बढि पुर्ब मन्त्री रिजाल ज्यु को सहयोग रहेको बताए । जगरनाथपुर गाउँपालिका भवन बनाउन को लागि मसिहानी मा १२ कठ्ठा जग्गा पुर्ब मन्त्री रमेश रिजाल ले निशुल्क दिनु भएको गाउँपालिका अध्यक्ष यादव बधाई समेत दिनु भएको छ। सबै भन्दा यो जिल्ला मा पुर्ब मन्त्री रिजाल ज्यु को बुबा स्व मेघराज उपाध्याय ज्यु को योगदान बढिरहेको ले योगदान को कदर गर्दै मसिहानी मा सालिक निर्माण भईरहेको अध्यक्ष यादव ले बताए । साथै तिन किलो मिटर मा कालोपत्र क‍ो निर्माण काम सुरु भई सकेको अध्यक्ष यादव ले जनाए ।

गाउँपालिका भरि बिकास निर्माण को काम मा गतिलिएको जनता हरु सहजता का लागि हामी लागि परेको बताए । वडा कार्यालय भवन निर्माण कार्य मा जिल्ला समन्वय समिति पर्सा ७० लाख र जगरनाथपुर गाँउपालिका ५० लाख गरी १ करोड २०लाख रको लागतमा वडा कार्यालयको दुई तल्ले भवन निर्माण भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद यादवले जनाए का छन।

वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रदेश साँसद शंकर प्रसाद चौधरी, उपाध्यक्ष बबीता सिंह क्षेत्री, नेपाली काँग्रेस का जिल्ला कोषाध्यक्ष प्रेम थापा, नेता सहरुम गदी,जगदिश चौहान, लेखापाल सन्देश कुशवाहा,, वडाअध्यक्ष लक्ष्मी साह, सुबास यादव, नेपाली कुशवाहा,छिपहरमाई का वडाअध्यक्ष दिपेन्द्र सिंह,सहित ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रम मा कर्मचारी जनता हरु सहभागिता थियो ।जगरनाथपुर गाउँपालिका रहि सेवा निर्बित हुनु भएको सचिव भोला गिरी लाई फुलमाला र गम्छा अोढाई सम्मान सहित बिदाई गरिएको थियो।