बैशाख ३ पर्सा । वीरगञ्जमा जारी एन प्याबसन टि २० क्रिकेट टुर्नामेण्टमा महिला तर्फको खेल एप्लस एकेडेमीले काब्या एकेडेमीलाई ४ रनले पराजित रहेको छ । टस जितेर फिल्डङग रोजेको काब्या एकेडेमी समक्ष्य एप्लस एकेडेमीले ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । एप्लस एकेडेमीकी कप्टान प्रिजु श्रीवास्तवले २५ बलमा २७ रन बनाएकी थिईन भने रौनक खातुनले १४ बलमा ११ रन बनाईकी थिईन ।कुल १० ओभरमा एप्लस एकेडेमीले ६४ रन बनाउन सफल बनको थियो ।

यता जवाफि ब्याटिङमा उत्रेको काब्या एकेडेमीले निधाररित १० ओभरमा ६० रनमा सिमित भएको हो । काब्याकी रागिनी चौरसियाले २३ बलमा १४ बनाईकी थिईन । महिला तर्फको खेल ४ रनले एप्लस एकेडेमीले जितेको हो । खेलको म्यान आफ दि म्याच एप्लस एकेडेमीकी प्रिजु श्रीवास्तव घोषित भएकी थिईन । यो जित सगै एप्लस एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।