पटेर्वा सुगाैली – पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाकाे १४ ओैं विशेष गाँउसभा साेमबार सम्पन्न भएको छ। गाँउपालिका कार्यालयकाे सभाहलमा सम्पन्न १४ ओैं गाउँसभाकाे विशेष अधिवेशनले चालु आर्थिक वर्षकाे नीति,कार्यक्रम तथा बजेटलसंशाेधनसहित अनुमाेदन गरेकाे छ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान बजेटमा कटाैती गरिएका कारण चालु आर्थिक वर्षकाे नीति,कार्यक्रम तथा बजेटमा रहेका केहि याेजनाहरु कटाैती गरिएको,विभिन्न ऐन,कानुन र कार्यविधिहरु संशाेधनसहित पारित गरिएको गाँउपालिका उपाध्यक्ष ममता महत्ताे थारुले जानकारी दिइन्।
गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष ममता महत्ताे,प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता,वडाध्यक्ष,बिजय गैरे, कार्यपालिका सदस्य,कर्मचारी लगायतकाकाे सहभागिता थियाे।