बिकास पटेल – कालिकामाई गाउपालिका हरिहरपुर बिर्ता ३ मा रहेको प्रसिद्ध कालिकामाइ मन्दिरमा आज रामनवमी पर्वको अवसरमा बिगत २ वर्ष देखि आयोजन हुँदै आएको मा कालिकामाइ युवा समाज द्वारा प्रसाद वितरण र निशुल्क स्वस्थ शिविर बिशेष आयोजनाको साथ सुसम्पन्न भएको छ । आज २४ गते आइतबार रामनवमी को दिन कालिकामाइ को बिशेष पुजा गरि प्रसाद वितरण को साथ निशुल्क स्वस्थ शिबिर सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ ।

बिगत २बर्ष देखि कालिकामाइ युवा समाज को माहा सचिव विशाल कुशवाहा को ससानो सहयोगले शुरु गरिएको प्रसाद वितरण र कालिकामाइ गाउपालिका को सहयोगमा स्वस्थ शिबिर कार्य बर्तमान समय सम्म जारी रहेको सो प्रसाद वितरण शिविरमा स्थानिय , असहाय एवं बिपन्नहरुको साथै बाहिर बाट आउने जाने पर्यटकहरुलाइ निशुल्क प्रसाद खुवाउने गरेको र आज करिब ३५० जनालाई सेवा प्रदान गरेको कालिकामाइ युवा समाज का सचिव बिकाश पटेल ले बताउनु भयो ।

आजको प्रसाद वितरण र निशुल्क स्वस्थ शिबिर कार्यक्रममा अध्यक्ष अकाश चौरसिया, माहा सचिव विशाल कुशवाहा ,उपा अध्यक्ष अकाश महतो , सचिव बिकाश लगायत सदस्यहरुले सेवा गरेका थिए ।