ठोरी २४ चैत-उपकार सेवा नेपालले हरेक महिना झैँ यस महिनामा पनि ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत २२ जना अपाङ्ग ,सुस्त मन्सथिति , वृद्ध बृद्धा ,आमा बुवा तथा बालबालिकाहरुको उपभोगको लागी चामल ,दाल,चना,स्वाबिन,खानेतेल,नून,खुर्सानी धनिया ,जीरा,बेसार सर्फ,साबुन ,डाईफर र तूथ पेस्ट लगायत दैनिक उपभोगय सामाग्री प्रबन्ध गरिएको छ ।

आश्रमको प्रङ्गणमा एक कार्यक्रम आयोजना गरि संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमको सदस्य राम बहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
सो सामानहरु आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गरिएको समाजिक अभियानता प्रकाश थारुले बताए ।