पर्सा, २४ चैत-पर्साको छिपहरमाई गाउँपालिकाको बंजारीमा रहेको प्रसिद्ध एतिहासिक पर्यटकिय एव धार्मिक स्थल छिपहरमाईमा आज चैतनवमी को अवसरमा मेला लागेको छ । यहाँ वर्ष भरिमा दुई चोटी मेला लागने गर्दछन।चैतनवमीको अवसरमा चैत नवमी को दिन र बिजया दसमी को अवसरमा दशमी को दिन दसहरा मेला लाग्दै आईरहेको छ ।

मेलामा भारतीय क्षेत्रको मुख्य बजार सिकटा, मैनाटाड, बेतिया , नरकटियागंज, रामनगर, बागहा, रक्सौल, मोतिहारी, लौरिया, र नेपालको , पर्सा,बारा, रौतहट,लगायतका स्थानबाट भक्तजनहरु ले आएर चैतनवमीको दिन छिपहरमाईको जयकारा लगाउदै पुजापाठ, चुनरी, प्रसाद,नरिवल, कराही समेत चढाउने गरेका छन। यहाँ रंगा बोका परेवा लगायतको बली पनि चढाउने चलन रहेको छ ।

छिपहरमाई जगता को रुपमा रहेकोले भक्तजन हरुले आफ्नो मनमा राखेको कुरा भाखल पूरा भईसकेकोले आफ्नो भाकेको कुरा लयाउने गर्छन् । मनोकामना पुर्णभएपछी यहा अखण्ड अष्याम हरु गराउने गर्छन। यहा अखण्ड अष्टयाम गराउनको लागी पहिले नै समय लिनुपरिरहेको ले यस पाली तिन जना भक्तजन हरु को अष्ठयाम भएको थियो। भक्तजन हरु लाई छिपहरमाई ले भाखल पुरा गरेपछि महिला भक्त जनहरुले आफ्नो आँचलमा नेटुवाको नाच नचाउने गर्छन् ।

यहा चैतनवमी,र दशमीको अवसरमा सतमी को दिन पुजारी हरु ले देबी देवताफहरु लाई बोलाएर बिभिन समस्या हरु समधान गर्ने गर्छन।छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले छिपहरमाईको मेला कसैले लगाउदैन स्वम अाफै लाग्ने गर्ने गरेको बताए । उनले भने, ‘यहाँ त हजारौ को संख्यामा भक्तजनहरु आउने गर्छन सबै भक्तजनहरुको मनोकामना पुर्ण हुन्छ त्यसै कारण माताको स्थानमा आएर पुजापाठ गर्छन । छिपहरमाई को मेलामा सुरक्षाको लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,गाउँपालिका प्रहरी र स्थानिय स्वमसेवक हरु परिचालन गरिएको थियो।