पर्सा । हिन्दु हरुको महापर्व चैती छठ अाज नहाय खाय संगै विधिपुर्वक अाज बाट सुरु भएको छ।
हिन्दूहरुले छठ पूजालाई विशेष महत्व राखने गर्छन। छठ पर्व वर्षमा दुई पटक मनाइन्छ। कार्तिक महिनामा मनाइने छठ पर्वलाई कार्तिकी छठ भनिन्छ भने चैत्र महिनामा मनाइने छठ पर्वलाई चैती छठ भनिन्छ। चैती छठ पहिला भन्दा बढि महिला पुरुषहरु अहिले गरिरहेका छन।

चैती छठ पुजा बिषेश गर्मी महिनामा परिरहेकोले पहिला थोरै महिला हरुले चैती छठ पुजा गरिरहेको थिए। चैती छठ पुजाको समय चर्को घाम र चार दिनको वर्तमा कठिना भईरहेको थियो। साथै छठपुजामा लागने प्रसादको मँहगाई रहेकोले छठपुजा गर्ने हरुको कमी देखिएको थियो।

तर अबको चैते छठ पुजामा अास्ता र बिश्वास राखेर धेरै महिला हरुले यो चैती छठ पर्वमा अाक्रसन बढेको छ। यस वर्षको चैती छठ आज मांगलबार देखि सुरु भएको छ। छठ पर्व चार दिनसम्म मनाइन्छ।पहिलो दिन मंगलबार नहाय-खाय, दोस्रो दिन बुधबार खरना, तेस्रो दिन बिहिवार साँझको अर्घ्य, चौथो दिन शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस महान पर्वको समापन हुन्छ।चैती छठ पर्वको महत्व
चैती छठ मुख्य रूपमा नेपालको तराई क्षेत्र, भारतिय क्षेत्रमा धूमधामका साथ मनाइन्छ।

विशेष गरी महिलाहरूले सन्तान प्राप्ति, परिवारको कल्याण, सुख-समृद्धिको कामना गर्दै यो पर्व मनाउँछन्।चैती छठ नहाय-खाय (पहिलो दिन)
यस दिन व्रत गर्ने महिलाहरू नदी वा तलाउमा स्नान गर्छन्। त्यसपछि अार्वा चामलको भात, रहर ,चना दाल र लौका अथवा फर्सीको प्रसाद बनाएर ग्रहण गर्छन्। यो भोजनले शरीरमा सकारात्मक ऊर्जा संचार गराउने विश्वास गरिन्छ।

यस दिन स्वच्छता विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ।
खरना (दोस्रो दिन)
खरनाको दिन व्रत बस्ने महिलाहरूले मनको शुद्धता कायम गर्न विशेष ध्यान दिन्छन्। बेलुका पूजा गरी गुड र चामलको खिरको प्रसाद तयार गरिन्छ। व्रतीहरूले सूर्य देवतालाई जल अर्पण गरेर मात्र यो प्रसाद ग्रहण गर्छन्, त्यसपछि परिवारका अन्य सदस्यहरूलाई बाँडिन्छ। साँझको अर्घ्य (तेस्रो दिन)
तेस्रो दिन व्रतीहरू परिवारका अन्य सदस्यहरू सहित नदी वा तलाउमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। यस दिन ठेकुवा , नारियल,उखु,बतासा , फलफुल लगायत प्रसाद त्यार गरि उदाउँदो सूर्यलाई अर्घ्य (चौथो दिन)
चौथो तथा अन्तिम दिन, व्रतीहरूले बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यससँगै चार दिनसम्म मनाइने चैती छठ पुजा सम्पन्न हुन्छ।