पर्सा । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोध स्वरूप पर्साको धोबिनी गाउँपालिका ४ लंगडी चौक र बिन्दबासनी गाउँपालिकाको गर्दौल चौकमा विरोध प्रदर्शन गरेका छन। प्रदर्शनका क्रममा राप्रपाका कार्यकर्ताहरूले टायर बालेर आक्रोश व्यक्त गरेका थिए।

काठमाडौँमा शुक्रवार राजवादीहरूले गरेको आन्दोलन र विरोध प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताहरूलाई यथाशीघ्र रिहा गर्नुपर्ने माँगसहित उनीहरूले लंगडी र गर्दौल चौक मा टायर बालेर प्रदर्शन गरेका हुन् ।अाफ्नो नेता कार्यकर्ता पक्राउ परेको लाई रिहाई र राजा अाउ देश बचाउ साथै प्रधानमन्त्री केपी अोली ,शेरबहादुर देउवा,प्रचण्ड मुर्दाबाद नारा को साथै टायर बालेर प्रदर्शन गरेका छन।

प्रदर्शन गर्नेहरूमा केन्द्रीय बरिष्ट उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मी पर्सा जिल्ला सचिव पानालाल पटेल, प्रदेश सदस्य शम्भु गिरी,क्षेत्र नं ४ को क्षेत्रिय अध्यक्ष रामकिसोर यादव, ट्रेडयुनियन का जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद कुर्मी,राप्रपा धोबिनी गाउँपालिका अध्यक्ष रामअशिष प्रसाद कुर्मी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै पार्टी नेताहरूले आफ्ना नेता तथा कार्यकर्ताहरूको तत्काल रिहाइको माँग गर्दै प्रदर्शनकारी हरु ले टायर बालेर बिरोध गर्दै राजा अाउ देश बचाउ भन्दै नाराबाजी गरिरहेको ले
स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो। केही बेर प्रदर्शनकारी हरु ले जलाएको टायर हरु लाई हटाउन ब्यस्त बनेका थिए।