पर्सा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वार्ड न-१ को सभा हौलमा १० जना शाररिक अपाङ्गता भएको महिलाहरुलाई गहना बनाउने ७ दिनको तालीम प्रशिक्षक द्वय रिमा पुरी र सिन्धु दहाल द्वरा प्रदान गरि आर्थिक शस्क्तिकरण गराउने उदेश्यले सो प्रशिक्षण प्रदान गरिएको थियो।

सो प्रशिक्षण कार्यक्रम एब्लिस फौण्डेशन फिन्लैण्ड्को आर्थिक सहयोगमा वि.नेपालद्वारा संचालन गरिएको थियो!
बिगत्को चार बर्ष देखि यसरी नै वि.नेपाल द्वरा यश भेगका अपाङ्ता भएको महिलाहरुको आर्थिक शस्क्तिकरणमा टेवा दिदै आईरहेको छ !
प्रशिक्षण कार्यक्रमको अन्तिम दिन आज प्रशिक्षार्थीहरु किरण देबी,चिन्ता कुमारी ,कालपती देबी,प्रीयाङ्का कुमारी लगायत १० जनालाई एक कार्यक्रम बीच प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अथिती जिराभवानी गाउँपालिका उपाध्यक्ष रेखा चौधरी ,विशिष्ट अथिती एब्लिस फौण्डेशनको राष्ट्रिय संयोजक डा.बिरेन्द्रराज पोख्रेल ,समाजिक अभियन्त प्रकाश थारु समाजसेवि अजगैबीनाथ गौरो लगायत स्थानीय भद्रभलादमी हरुको उपस्तिथि थियोे।

सो कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राशरण खवासले गर्नु भएको थियो भने कार्यक्रम संचालन वि.नेपालको संस्थापक अध्यक्ष सबित्री पौडेलले गर्नु भएको थियो !