नवल यादव । सखुवाप्रसौनी गाउँपालिकाले आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको अभिवृद्धि गर्दै परम्परागत सांस्कृतिक पर्व होलीको अवसरमा भव्य होली मिलन समारोह कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रममा गाउँपालिकाका प्रमुख, जनप्रतिनिधि, स्थानीय बासिन्दा, युवा क्लबका सदस्यहरू, महिला समूह, वृद्धवृद्धा, विद्यार्थीहरू तथा विभिन्न जाति, धर्म र समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्षज्यूले गर्नुहुँदै, होलीजस्तो रङ्गीन पर्वले सबै जातजाति र धर्मका बीच आपसी समझदारी, प्रेम र सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, सांस्कृतिक प्रस्तुति, परम्परागत लोक गीत, नृत्य र हाँस्यव्यङ्ग्य प्रस्तुति समेतले कार्यक्रममा थप रौनकता ल्याएको थियो।

बालबालिकादेखि वृद्धवृद्धासम्मले रङ र अबिरले एकअर्कालाई रङ्गाउँदै, खुशी साटासाट गरेका थिए। समुदायमा शान्ति, सद्भाव र भाइचारा कायम राख्नका लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयहरूले बताएका छन्।

गाउँपालिकाको पहलमा आयोजित यस कार्यक्रमले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै युवा पुस्तालाई समेत एकताबद्ध बनाएको भन्दै सबैले प्रशंसा गरेका छन्।