पर्सा २६ फागुन । केडिया आँखा अस्पताल परवानिपुरले आफनो ५०औ बार्षिक उत्सवको उपलक्ष्यमा बारा जिल्लाको विभिन्न पालिकाको शारिरिक अपाङ्गता भएको १४जाना हृिलचेयर र स्टेचर अाज बितरण गरेका छन।समाजिक अभियानता प्रकास थारु को पहलमा केडिया अाँखा अस्पताल परवानिपुर ले अाफ्नो बार्षिक उत्सवको अवसर मा १४वटा ह्विलचेयर र एक थान स्ट्रेचर निज हरुको घर घर मै पुगि प्रदान गरिएको छ!

कलैया उपमहानगरपालिका मा ३जना ,महागढीमाई नगरपालिका मा २ जना ,सिम्रौनगढ न पा मा १जना र आदर्शकोतवाल गा पा को८जना गरि जम्मा १४ जनालाई ह्विल चेयर र आदर्श कोतवाल गा पा निवासि अपांग महासङ्घ सदस्य सुनिल कुमार यादवलाई स्ट्रेचर एक कार्यक्रम गरी प्रदान गरिएको छ! ह्विल चेयर पाउने सम्पूर्ण व्यक्तिहरु पुर्ण रुपमा अपाङ्ग रहेको थियो ! समाजिक अभियन्ता प्रकश थारु ले भने यो सबै जना पुर्ण शारीरिक अपाङ्गता भएको व्यक्तिहरुको घर घरमा पुगि यकिन गरि ह्विलचेयर उपलब्ध गराईएको बताए ।

केडिया आँखा अस्पतालको प्रतिनिधि भरत ठाकुर सुशील पटेल समाजिक अभियनता प्रकाश थारू अपांग महा सङ्घ को सदस्य सुनिल कुमार यादव प्रहरी नायब निरिक्षक तुलसी पोख्रेल वार्ड अध्यक्ष जवाहीर प्रसाद , मिथिला सार्थी समाज को कोषाध्यक्ष जितेन्द्र पटेल तथा स्थानीयहरुको उपस्थितिमा रहेको थियो।